नेको इन्स्योरेन्सको अध्यक्षमा भट्टराई नियुक्त

2020-12-31
नेको इन्स्योरेन्सको अध्यक्षमा भट्टराई नियुक्त

काठमाण्डौ । नेको इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा रोहित कुमार भट्टराई नियुक्त भएका छन्। कम्पनीको पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले भट्राईलाई अध्यक्ष पदमा नियुक्त गरेको हो। 

कम्पनीका संस्थापक सेयरधनी एस.भि.आर पब्लिक प्रा.लि को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका अध्यक्ष रमेश कुमार निरौलालाई उक्त कम्पनीले फिर्र्ता बोलाएकाले रिक्त रहेको अध्यक्ष पदमा सञ्चालकहरु मध्येबाट रोहित कुमार भट्टराईलाई चयन गर्ने सर्वसम्मत निर्णय गरिएको कम्पनीले जनाएको छ। 

 


Share this with your friends: