नेपाल लाइफ अभिकर्ता केन्द्रिय संघर्ष समिति र व्यवस्थापन पक्षबीच एजेन्सी टार्गेट घटाउने सहमति

2022-01-18
नेपाल लाइफ अभिकर्ता केन्द्रिय संघर्ष समिति र व्यवस्थापन पक्षबीच एजेन्सी टार्गेट घटाउने सहमति

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स अभिकर्ता केन्द्रिय संघर्ष समिति र कम्पनीको व्यवस्थापनबीच एजेन्सी टार्गेट घटाउने सहमति भएको छ । संघर्ष समिती र कम्पनी ब्यवस्थापनबिच आज बसेको बैठकमा  एजेन्सीको स्ल्याब घटाउने सहमति भएको हो । 

बैठकमा संघर्ष समितिले राखेको अन्य मागहरु दुवै पक्षबाट गठन हुने संयुक्त कार्यदलबाट सम्बोधन गरिने सहमति समेत बनेको छ । 
नेपाल लाइफले गत साउन २४ गतेदेखि अभिकर्ताहरुको सुविधा कटौति गर्दै एजेन्सी टार्गेट वृद्धि गरेको थियो । एजेन्सी टार्गेट वृद्धि भएपछि संघर्ष समितिले विभिन्न माग राख्दै आन्दोलन गर्दै आईरहेको छ । संघर्ष समितिका अध्यक्ष गणेश अधिकारीको अगुवाई समितिले गत पुस १७ गतेदेखि बीमालेख बन्द गरी कम्पनीले आयोजना गर्ने सम्पूर्ण कार्यक्रम बहिष्कार गरेका थियो । 

संघर्ष समितिले कम्पनीले बीमित र अभिकर्तामाथि पटकपटक ज्यादती गरेको र कम्पनीमा मेरुदण्ड मानिएका अभिकर्ताहरुको रोजीरोटीमाथि आघात पुर्याउने हिसाबले जिरो कोड तालिम सञ्चालन गरेको आरोप लगाएको थियो । 
यस्तै अभिकर्ताले पाउँदै आएको सेवासुविधालाइए एकलौटी ढंगले भंग गरी मनोमानी तरिकाले आफुखुसी लादिएको आरोप कम्पनीको व्यवस्थापन पक्षमाथि लगाइएको थियो । 
तत्कालका लागि आन्दोदन स्थगित भएपनि माघ महिनाभित्र संयुक्त कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनका आधारमा आफ्ना मागहरु पुरा नभए फागुनको पहिलो सातादेखि पुनःआन्दोलनमा उत्रने संघर्ष समितिले जनाएको छ । 


Share this with your friends: