नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

2022-05-25
नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक सेयरधनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४ लाख ८१ हजार १७४ कित्ता संस्थापक सेयर आज(जेठ ११)गतेदेखि बिक्रीमा राखेको हो । 

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ । यो सेयर बैंकका विद्यमान संस्थापकहरुले मात्रै खरिद गर्न पाउनेछन् । तसर्थ इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा लिखित निवेदनसहित आवेदन दिनुपर्नेछ । 

यदि निर्धारित समयमा कुनै पनि निवेदन प्राप्त नभएमा उक्त संस्थापक सेयर प्रचलित कानुन बमोजिम बिक्री गरिन बैंकले जनाएको छ । 


Share this with your friends: