नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृतकका परिवारलाई रु.१ करोड बढी दाबी भुक्तानी

2021-01-18
नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृतकका परिवारलाई रु.१ करोड बढी दाबी भुक्तानी

काठमाण्डौ ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रु १ करोड बढी मत्यु दाबी भुक्तानी गरेको छ । कोरोनाको कारण मृत्यु भएका पोखराका सुरेश बहादुर केसीको परिवारलाई कम्पनीले रु १ करोड ३२ लाख ५० हजार मत्यु दाबी भुक्तानी गरेको हो । 

कोरोनाको कारण मृत्यु भएका केसीका परिवारलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनि पोखरा प्रमुख लगायतको टोलीले केसीकी श्रीमति र दुई बच्चालाई सो रकम हस्तान्तरण गरेको हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनि पोखरा प्रमुख लगायतको टोलीले केसीकी श्रीमति र दुई बच्चालाई सो रकम हस्तान्तरण गरेको हो । नेपाल लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रमुख पोखराका दशरथ झा , पोखरा शाखा प्रमुख कुशल सिंह थापा र बरिष्ठ अभिकर्ता प्रबिन पोख्रेलले मृतकका परिवारलाई हस्तान्तरण गरेका थिए । 

केसीले नेपाल लाइफ इन्स्योरेन्समा जिवन बिमा गराएका थिए । करीब १ करोडको जिवन बिमा गराएका केसीको ५ किस्ता मात्र बुझाए पछि निधन भएको थियो । सो बिमा वापतको रकम परिवारले बुझेपछि मृतककी श्रीमति चिनुमाया केसीले आफुहरुले बिमा वापतको रकम पाएको बताएकी छिन । उनले श्रीमानको मृत्यले दुखित भए पनि परिवारका लागि बिमा रकमले सहयोग पुगेको बताइन् । 

 


Share this with your friends: