नेपाल लाइफको मुनाफा ८.३६ प्रतिशतले वृद्धि, बीमाशुल्क आर्जनको अवस्था कस्तो ?

2021-05-13
नेपाल लाइफको मुनाफा ८.३६ प्रतिशतले वृद्धि, बीमाशुल्क आर्जनको अवस्था कस्तो ?

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा २४ अर्ब ९५ करोड ६० लाख ६३ हजार ६५० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ३५.४९ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले १८ अर्ब ४१ करोड ८७ लाख ७८ हजार ९७१ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ५ अर्ब ४८ करोड ८ लाख ५९ हजार ९६२ रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको तेस्रो त्रैमाससम्ममा यो रकम ४ अर्ब १० करोड ८६ लाख ३८ हजार ७२२ रुपैयाँमा सीमित थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीले ७ अर्ब २९ करोड ७४ लाख ७४ हजार १६० रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ५ अर्ब १९ करोड ३० लाख ५८ हजार ०१५ रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीले खुद नाफा बढाएको छ। तेस्रो त्रैमासको अन्त्यसम्म कम्पनी ५० करोड ६६ लाख ६८ हजार ०४६ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा ८.३६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ४६ करोड ७५ लाख ७६ हजार ३४१ रुपैयाँ मुनाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्ममा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ।

कम्पनीको व्यवस्थापन खर्च ९५ करोड ८ लाख ४१ हजार ७०३ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको व्यवस्थापन खर्च ८५ करोड ६७ लाख ९८ हजार ४६० रुपैयाँ थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार बढेर १ खर्ब ७ अर्ब ६१ करोड ७७ लाख २४ हजार ११३ रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा ३२.३५ प्रतिशतले बढी हो।

अघिल्लो वर्ष कम्पनीको जीवन बीमा कोषको आकार ८१ अर्ब ३७ करोड ६६ लाख ६६ हजार ९१० रुपैयाँमा सीमित थियो। अघिल्लो वर्ष २ अर्ब ७३ करोड २१ लाख ७३ हजार ७९६ रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार घटेर १ अर्ब १२ करोड ३४ लाख ३६ हजार ३१० रुपैयाँमा सीमित भएको छ। 
यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ९.३८ रुपैयाँ, पीई अनुपात २२५.०९ गुणा, प्रतिसेयर नेटवर्थ १२३.९२ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६८१ रुपैयाँ रहेको छ । 


Share this with your friends: