नेपाल लाइफको २.१३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

2021-12-13
नेपाल लाइफको २.१३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीका संस्थापक सेयरधनीहरु प्रुडेन्सियल क्यापिटल म्यानेजनेन्ट कम्पनी र अशोक कुमार अग्रवालको संस्थापक सेयर आज(मंसिर २७ गतेदेखि बिक्रीमा राखिएको हो । 

प्रुडेन्यिल क्यापिटलको स्वामित्वमा रहेको २ लाख कित्ता र अशोक कुमार अग्रवालको स्वामित्वमा रहेको १३ हजार १०० कित्ता गरी कुल २ लाख १३ हजार १०० कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो । 

सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र नेपाल लाइफको केन्द्रिय कार्यालय कमलादीमा निवेदन पेश गर्नुपर्नेछ ।  


Share this with your friends: