नेपाल लाइफद्वारा लाभांस प्रस्ताव

2022-02-06
नेपाल लाइफद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजी ७ अर्ब १९ करोड ९९ लाख ७० हजार ६६१ रुपैयाँको १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांस गरी कुल १४.७३६८ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी २१ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 


Share this with your friends: