नेपाल लाइफका अभिकर्ता थापा एमडीआरटीको सीओटीमा लगातार दोस्रोपटक छनोट

2022-02-24
नेपाल लाइफका अभिकर्ता थापा एमडीआरटीको सीओटीमा लगातार दोस्रोपटक छनोट

काठमाण्डौ । विश्वका अभिकर्ताहरुको मान्यता प्राप्त सर्वोच्च अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) अन्तर्गत दोस्रो तह कोर्ट अफ द टेबल (सीओटी) मा २०२०/२१ र २०२१/२२ मा लगातार दुई वर्ष नेपाल लाइफ इन्स्योरेन्स  कोटेश्वर शाखाका अभिकर्ता दीपक थापा छनोट हुन सफल भएका छन्। 

कोटेश्वर शाखामा बुधबार एक कार्यक्रमबीच शाखा प्रमुख ज्ञानेन्द्र मान तुलाधरले अभिकर्ता थापा जीवन बीमा व्यवसायमा अतिलगनशील भई नेपाल लाइफ कोटेश्वरबाट २०२०/२१ मा १६ औँ स्थान र २०२१/२०२२ मा ५ औँ स्थानमा रहेको जानकारी गराए। उनले २०२२/२३ मा ह्याट्रिक गर्न थापालाई अग्रिम शुभकामना पनि दिए ।

कार्यक्रममा थापालाई कोटेश्वर शाखाका कर्मचारी तथा एजेन्सी म्यानेजरहरुले बधाइ तथा शुभकामना दिएका थिए। 


Share this with your friends: