नेपाल लाइफका अध्यक्ष गोविन्दलाल संघईद्वारा सपथ ग्रहण

2022-04-06
नेपाल लाइफका अध्यक्ष गोविन्दलाल संघईद्वारा सपथ ग्रहण

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष गोविन्दलाल संघईले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

अध्यक्ष संघईले आज बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट सपथ ग्रहण गरेका हुन्। 

गत चैत २१ गते सम्पन्न कम्पनीको २१ औँ वार्षिक साधारणसभाबाट संस्थापक सेयरधनीका तर्फबाट संघई सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका थिए। 

सोही दिन बसेको सञ्चालक समितिको बैठकले संघईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो। 


Share this with your friends: