नेपाल लाइफद्वारा ५.९८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

2022-04-20
नेपाल लाइफद्वारा ५.९८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापकह सेयरधनी अनन्त कुमार गोल्याणको नाममा रहेको ५ लाख ९७ हजार ९२१ कित्ता र सुभाष संघईको नाममा रहेको ४०० कित्ता गरी कुल ५ लाख ९८ हजार ३२१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । 

यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापकहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक सञ्चालकहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र नेपाल लाइफको केन्द्रिय कार्यालय कमलादीमा निवेदन पेस गर्नुपर्नेछ । 

निर्धारित समय सिमाभित्र कुनै निवेदन पेस नभएमा कानुनबमोजिम अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।   


Share this with your friends: