नेपाल लाइफको स्वामित्वमा रहेको एनआईसी एशिया बैंकको संस्थापक सेयर लिलामीमा

2022-06-08
नेपाल लाइफको स्वामित्वमा रहेको एनआईसी एशिया बैंकको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको एनआईसी एशया बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ ।  कम्पनीको नाममा रहेको बैंकको ५ लाख कित्ता संस्थापक सेयर आज(जेठ २५ गते)देखि बिक्रीमा राखिएको हो । 

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४७५ रुपैयाँ तोकिएको छ । यो सेयर खरिदका लागि बैंकका संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालय थापाथलीमा आवेदन पेस गर्नुपर्नेछ । 
निर्धारित समयभित्र कुनै पनि आवेदन नपरेमा उक्त सेयर प्रचलित व्यवस्था अनुसार अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिनेछ ।   


Share this with your friends: