नेपाल लाइफको जीवन बीमा कोषको आकार झण्डै १ खर्ब नजिक, मुनाफा १२.०२ प्रतिशतले बढ्यो

2020-11-13
नेपाल लाइफको जीवन बीमा कोषको आकार झण्डै १ खर्ब नजिक, मुनाफा १२.०२ प्रतिशतले बढ्यो

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७र७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा ८ अर्ब ९२ करोड ५१ लाख ५२ हजार ६७२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १४.१५ प्रतिशतले धेरै हो। अघिल्लो वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ७ अर्ब ८१ करोड ८३ लाख ९३ हजार १३७ रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १ अर्ब ६८ करोड ५७ लाख ६३ हजार ८४ रुपैयाँ आर्जन गरेको छ। जुन रकम गत वर्षको सोहि अवधिको तुलनामा १९.८५ प्रतिशतले बढि हो। अघिल्लो आर्थिक वर्षको सोशी अवधिमा यो रकम १ अर्ब ४० करोड ६५ लाख ८४ हजार ६९८ रुपैयाँमा सीमित थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ८७ करोड ६० लाख ४३ हजार ८२० रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको दाबी भुक्तानी १३१.७४ प्रतिशतले धेरै हो। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ६७ करोड २५ लाख ९५ हजार १३ रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको खुद मुनाफा वृद्धि भएको छ। पहिलो त्रैमासको अन्त्यसम्म् कम्पनी २२ करोड ९० लाख २ हजार ५८९ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.०२ प्रतिशतले बढि हो। 

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च ४.१६ प्रतिशतले घटेको छ । कम्प्नीको व्यवस्थापन खर्च २० करोड १७ लाख ८७ हजार २०३ रुपैयाँ रहेको छ। 

यसैगरी समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार बढेर ९४ अर्ब ८२ करोड १३ लाख ६३ हजार ००९ रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्म कम्पनीको जीवन बीमा कोषको आकार ७२ अर्ब ३३ करोड ३० लाख ९५ हजार ९९६ रुपैयाँमा सीमित थियो। यसरी एक वर्षको अवधिमा कम्पनीले जीवन बीमा कोषको आकार ३१.०९ प्रतिशतले बढाउन सफल भएको छ। 

अघिल्लो वर्षको पहिलो त्रैमासमा २ अर्ब ६४ करोड १२ लाख ९ हजार ६२ रुपैयाँमा सीमित रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर ३ अर्ब ६६ करोड ७२ लाख १२ हजार ९४९ रुपैयाँ रहेको थियो। 

कम्पनीले समीक्षा अवधिसम्म १३ लाख १९ हजार ७०२ बीमालेख जारी गरेको छ। 

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १६.६७ रुपैयाँ, पिई अनुपात ८२.४४ गुणा र प्रति सेयर नेटवर्थ १७७.७९ रुपैयाँ रहेको छ।   

 


Share this with your friends: