नेपाल लाइफद्वारा लाभांस प्राप्त गर्नका लागि बैंक खाता अध्यावधिक गर्न आग्रह

2021-02-04
 नेपाल लाइफद्वारा लाभांस प्राप्त गर्नका लागि बैंक खाता अध्यावधिक गर्न आग्रह

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्राप्त गर्नका लागि बैंक खाता अध्यावधिक गर्न आफ्ना सेयरधनीहरुलाई आग्रह गरेको छ  । कम्पनीले माघ २८ गते हुने साधारणसभाबाट पारित गरिने २० प्रतिशत नगद लाभांश प्राप्त गर्नको लागि बैंक खाता अध्यावधिक गर्न आग्रह गरेको हो  । 

कम्पनी हितग्रही खातामा  बैंक खाता खाता अध्यावधिक नगरेका शेयरधनीलाई खाता अध्यावधिक गराउन आग्रह गरेको छ  ।  यसका साथै कम्पनीले बितेका वर्षहरुमा वितरण गरिएको बोनस सेयर प्रमाणपत्र तथा नगद लाभांस हालसम्म नलिएका सेयरधनीहरुलाई कम्पनीको प्रधान कार्यालयको सेयर शाखामा सम्पर्क राख्न समेत आग्रह गरेको छ ।

 


Share this with your friends: