नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल सर्वसम्मत

2021-04-05
नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल सर्वसम्मत

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल सर्वसम्मत हुने भएका छन्। आज भएको मनोनयनमा प्रभु इन्स्योरेन्सका सञ्चालक तथा निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल सहित सम्पूर्ण पदाधिकारीका लागि सर्वसम्मत उम्मेद्वारी परेको हो। 

आज रहेको मनोनयमा अन्य कसैले पनि उम्मेद्वारी नदिएपछि उनी मल्ल सहित सम्पूर्ण पदाधिकारी सर्वसम्मत हुने भएका हुन्। नेपाल चेम्बर अफ कमर्सका पूर्व महासचिव रहिसकेका मल्ल हाल चेम्बरको वरिष्ठ उपाध्यक्ष रहेका छन्।  

 


Share this with your friends: