नेप्सेमा रिलायन्स लाइफको सेयर कारोबार भोलिदेखि, ओपनिङ रेन्ज कति ?

2020-09-07
नेप्सेमा रिलायन्स लाइफको सेयर कारोबार भोलिदेखि, ओपनिङ रेन्ज कति ?

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर भोलिदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ। 

आज नेपाल धितोपत्र बोर्ड(नेप्से) मा सूचिकरण भएसंगै भोलिदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुने भएको हो। 

आज नेप्सेमा सूचीकरण भएको रिलायन्स लाइफलाई नेप्सेले आरएलआई कोड प्रदान गरेको छ भने ओपनिङ प्राइस रेञ्ज न्यूनतम १०७ रुपैयाँ प्रतिकित्तादेखि ३२२ रुपैयाँ प्रतिकित्ता तोकिएको नेप्सेका एक अधिकारीले जानकारी दिए ।

भोलि मंगलबार स्पेशल प्रिओपन सेसन(बिहान १०.३० देखि १०.४५) मा रिलायन्सको पहिलो कारोबार नेप्सेले तोकेको रेन्जभित्र भएपछि मात्र नियमित कारोबार समय९११ बजेदेखि ३ बजे० मा सो कम्पनीको धितोपत्र कारोबार हुनेछ ।


Share this with your friends: