नेप्सेमा एलआईसीको ४४.२२ लाख कित्ता बोनस सेयर सूचीकृत

2022-04-27
नेप्सेमा एलआईसीको ४४.२२ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआईसी)को २० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।  आज नेप्सेमा कम्पनीको ४४ लाख २२ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

एलआईसीले आर्थिक वर्ष २०७६/७७ का लागि सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र ०.५२२६ प्रतिशत नगद लाभांस गरी कुल २१.०५२२६ प्रतिशत लाभांश वितरण गरेको थियो।


Share this with your friends: