नेप्सेमा दुई बैंकको ऋणपत्र सूचीकृत

2021-09-06
नेप्सेमा दुई बैंकको ऋणपत्र सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुईवटा बैंकको  ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ र प्राइम कमसिर्यल बैंकको‘ ८.७५ प्रतिशत प्राइम डिबेन्चर÷ऋणपत्र २०८५’ नामक ऋणपत्रहरु सूचीकृत भएका हुन् ।  सांग्रिला डेभलपमेन्ट बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका ७ लाख ५० हजार कित्ता र प्राइम कमसिर्यल बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका २४ लाख ४७ हजार ९६३ कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। 

यी दुवै बैंकको ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत भदौ २० गतेको निर्णय बमोजिम सूचीकरण गरिएको हो। 

यससँगै आज(भदौ २१ गते) नेप्से र दुवै बैंकबीच ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको छ। 


Share this with your friends: