नेशनल लाइफ इन्स्योरेन्सको कार्यवाहक सीईओमा खत्री नियुक्त

2020-12-20
नेशनल लाइफ इन्स्योरेन्सको कार्यवाहक सीईओमा खत्री नियुक्त

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुरेश प्रसाद खत्री नियुक्त भएका छन्। 

कम्पनीको गत पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो। कम्पनीको सीईओ पदमा कार्यरत भरत बहादुर बस्नेतको पदावधि यहि पुस ५ गते समाप्त भएकाले रिक्त रहेको उक्त पदमा अर्को व्यवस्था नभएसम्मका लागि सुरेश प्रसाद खत्रीलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ।  

 


Share this with your friends: