नेशनल लाइफद्वारा ग्राहकका लागि यस्तो छुट र सुविधाको व्यवस्था

2020-08-09
नेशनल लाइफद्वारा ग्राहकका लागि यस्तो छुट र सुविधाको व्यवस्था

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले तत्काल किस्ता तिर्न नसकेका बिमितहरुको बिमालेख व्यतित नहुने प्रष्ट पारेको छ । 

आफ्ना ग्राहकहरुका नाममा एक सूचना प्रकाशित गरी यो जीवन बिमा कम्पनीले हाल भुक्तानी गर्नुपर्ने किस्ता भुक्तानी गर्न नसकेका कारण बिमालेख व्यतित नहुने र उक्त बिमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिनभित्र बुझाएमा किस्ताको ब्याज समेत नलाग्ने सुविधा उपलब्ध गराएको छ । 

सरकारले एक साता लामो लकडाउन घोषणा गरेकोले नेशनल लाइफका सबै कार्यालयहरु अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द हुने उल्लेख गर्दै सो अवधिमा अति आवश्यक परी बिमा सम्बन्धी परामर्श लिनुपरेमा आफ्ना कर्मचारीहरुसँग सम्पर्क गर्नसक्ने सुविधा समेत उपलब्ध गराएको छ । 

यस्तो अवस्थामा नेशनल लाइफको वित्त विभागका प्रज्वल सायमी, दाबी विभागमा बन्दना मल्ल र अण्डरराइटिङ विभागका  सुनिता शिल्पकारलाई सम्पर्क गर्नसकिने सूचनामा उल्लेख छ । 


Share this with your friends: