न्यून लगानीमा अधिकतम जोखिम बहन गर्ने ‘नेपाल लाइफ आइइन्स्योर’ जीवन बीमा योजना, यस्ता छन् विशेषता

2022-02-15
न्यून लगानीमा अधिकतम जोखिम बहन गर्ने ‘नेपाल लाइफ आइइन्स्योर’ जीवन बीमा योजना, यस्ता छन् विशेषता

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  नेपाल लाइफले ‘नेपाल लाइफ आईइन्स्योर जीवन बीमा योजना’ ल्याएको हो।   

प्रत्येक व्यक्तिले आफू रहँदा पनि र आफूपछि पनि आफ्नो परिवारको उज्ज्वल भविष्यको परिकल्पना गरेको हुन्छ। तर, जीवन अनिश्चित छ। कुनै पनि समयमा घट्न सक्ने अकल्पनीय घटनाले पारिवारिक जीवनशैलीलाई नै परिवर्तन गर्छ। 

सबै व्यक्तिलाई आफूपछि परिवारमा आर्थिक संकट नपरोस् र आफूले गरेको लगानीको पनि सुनिश्चिता होस् भन्ने चाहना हुन्छ। यही चाहना पूरा गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले न्यून लगानीमा अधिक जोखिम बहन गर्नुका साथै आफूले गरेको लगानीको पनि सुनिश्चतता हुने नेपाल लाइफ आईइन्स्योर जीवन बीमा योजना ल्याएको छ। 

न्यून लगानीमा अधिक जोखिम बहन हुनुका साथै लगानीको सुनिश्चितता हुनु यो योजनाको मुख्य विशेषता हो।

विशेषताहरु

नेपाल लाइफ आईइन्स्योर जीवन बीमा योजना मुनाफामा सरिक नहुने म्यादी जीवन बीमा योजना हो। १८ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्ति यो जीवन योजनामा सामेल हुन सक्नेछन्। न्यूनतम ५ वर्षदेखि अधिकतम २५ वर्र्षसम्मको बीमा अवधि लिन सकिने आईइन्स्योर जीवन बीमामा बीमा समाप्ति अधिकतम उमेर भने ६५ वर्ष कायम गरिएको छ। आफ्नो आम्दामी वा सुविधाका आधारमा वार्षिक, अर्धवार्षिक, त्रैमासिक, मासिक र एकमुष्ठ तरिकाले बीमा शुल्क भुक्तानी गर्न सकिनेछ। न्यूनतम बीमांक रकम रु। १ लाखदेखि अधिकतम बीमांक रकम रु। १ करोडसम्मको बीमा गर्न सकिनेछ। 

उदाहरण

३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको रु। १ करोड बीमांक रकमको नेपाल लाइफ आईइन्स्योर जीवन बीमा योजना लिई मासिक बीमा शुल्क भुक्तानी तरिका छनोट गर्दा मासिक रु। ५ हजार २०६ बीमा शुल्कमात्र लाग्ने छ। त्यस्तै ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको रु। १ करोड बीमांक रकमको नेपाल लाइफ आईइन्स्योर जीवन बीमा योजना लिई वार्षिक बीमा शुल्क भुक्तानी तरिका छनोट गर्दा वार्षिक रु। ५८ हजार ३१० बीमा शुल्कमात्र लाग्ने छ। ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको रु। १ करोड बीमांक रकमको नेपाल लाइफ आईइन्स्योर जीवन बीमा योजना लिई एकमुष्ट बीमा शुल्क भुक्तानी गर्दा रु। ७ लाख ३२ हजार १०५ बीमा शुल्कमात्र लाग्ने छ।

यस योजनामा समावेश भएका सुविधाहरु

बीमा शुल्क तिर्ने तरिकाअनुसार छुट वा थप शुल्कको व्यवस्था गरिएको छ। जसअनुसार वार्षिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा १ प्रतिशत छुट, अर्धवार्षिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा छैन, त्रैमासिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा ३ प्रतिशत थप र मासिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा ६ प्रतिशत थप शुल्क लाग्नेछ। 

त्यसैगरी बीमांकका आधारमा समेत छुटको व्यवस्था गरिएको छ। रु। २५ लाखसम्मको बीमांकमा छुटको व्यवस्था छैन भने रु। २५ लाखभन्दा माथि बीमांकको बीमा शुल्कमा १ प्रतिशत छुटको व्यवस्था गरिएको छ। 

समर्पण तथा कर्जा सुविधा

वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुका साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ। तर, यस जीवन बीमा योजनामा कर्जा सुविधा उपलब्ध छैन। 

दुर्घटना मृत्यु लाभ सुविधाः (ऐच्छिक)

१८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमांक रकमबराबर अधिकतम रु। १ करोडसम्मको दुर्घटना मृत्यु लाभ ऐच्छिक सुविधा लिन सक्नेछन्।

बीमांक रकम भुक्तानी पाउने अवस्था

पूर्णअवधि भुक्तानी

बीमालेख चालु रही बीमाअवधि भुक्तानी पश्चातसम्म बीमित जीवित रहेमा बीमितले भुक्तानी गरेको बीमाशुल्कबराबरको रकम ९ऐच्छिक सुविधा लिनेको हकमा ऐच्छिक सुविधाबापत तिरेको रकमबाहेक०  बीमितलाई फिर्ता दिइनेछ।

मृत्यु दाबी भुक्तानी

बीमालेख चालु भएको एक वर्षभित्र दुर्घटनाबाहेक अन्य जुनसुकै कारणबाट ९बीमालेखअन्तर्गत नपर्ने जोखिमहरु बाहेक० बीमितको मृत्यु भएमा बीमितले भुक्तानी गरेको बीमा शुल्क रकममात्र फिर्ता दिइनेछ।

बीमालेख चालु भएको एक वर्षभित्र दुर्घटनाका कारणबाट ९बीमालेखअन्तर्गत नपर्ने जोखिमहरुबाहेक० बीमितको मृत्यु भएमा बीमांक रकम भुक्तानी दिइनेछ।

बीमालेख चालु भएको एक वर्षपश्चात बीमाअवधिभित्र जुनसुकै कारणबाट ९बीमालेखअन्तर्गत नपर्ने जोखिमहरु बाहेक० बीमितको मृत्यु भएमा बीमांक रकम भुक्तानी दिइनेछ।

यदि दुर्घटना मृत्यु लाभ सुविधा लिएको बीमालेखमा बीमितको दुर्घटनाका कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमांक रकम तथा दुर्घटना मृत्यु लाभ सुविधाबापतकोे बीमांक रकम एकमुष्ट भुक्तानी दिइनेछ।


Share this with your friends: