पहिलो चरणअन्तर्गतको मध्यभोटेकोशी जलविद्युतको आईपीओ बाँडफाँड

2021-09-28
पहिलो चरणअन्तर्गतको  मध्यभोटेकोशी जलविद्युतको आईपीओ बाँडफाँड

काठमाण्डौ । मध्यभोटकोशी जलविद्युत कम्पनी लिमिटेडद्वारा आयोजना प्रभावितका लागि निष्कासित आईपीओको बाँडफाँड सम्पन्न गरिएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको ६० लाख कित्ता सेयर असोज ११ गते बाँडफाँड गरेको हो। 

कम्पनीले आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रका बासिन्दाका लागि गत साउन ५ गतेदेखि साउन ३२ गतेसम्म ६० लाख कित्ता सेयर आईपीओ निष्कासन गरेको थियो। 

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा न.१ र ५(साविक लिस्ती गाविस र साविक मार्मिक गाविस),बाह्रबिसे नगरपालिका वडा न. ५ र ६(साविक गाति गाविस)तथा बाह्रबिसे नगरपालिका वडा न. ७ र ८(साविक घुम्पाङ गाविस र साविक मानेश्वरा गाविस)मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि आईपीओ निष्कासन गरेको थियो । 

बाँडफाँडमा नपरेका सेयर बापतको रकम असोज १४ गते बिहिबारदेखि सम्बन्धित आवेदकको बैंक खातामा रकमान्तर गरिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । 


Share this with your friends: