प्रभु लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने

2020-10-12
प्रभु लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसमक्ष निवेदन पेस गरेको छ। कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासनको अनुमतिका लागि आइतबार निवेदन दिएको हो। 

कम्पनीको चुक्ता पूँजी २ अर्बमध्ये ३० प्रतिशत अर्थात ६० लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन हुनेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल रहेको छ। 

 


Share this with your friends: