प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

2020-10-15
प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको  तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

आज बिहीबार काठमाण्डौको नक्सालस्थित म्यारियट होटल प्रभु लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा कम्पनीका अध्यक्ष डा आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो।
सभाले कम्पनीको सञ्चालक समितिका तर्फबाट अध्यक्ष डा घिमिरेबाट प्रस्तुत वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७५र७६ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरुसमेत पारित गरेको छ। 

कम्पनीको संचालक समितिमा अध्यक्षमा डा घिमिरेलगायत सञ्चालक सदस्यहरुमा सुभाष अमात्य, रामेश्वर सापकोटा, नरेशबहादुर मल्ल तथा प्रभु बैंकका तर्फबाट मनिराम पोखरेल रहेका छन्। प्रभु लाइफ वि.स २०६४ सालमा दर्ता दर्ता भई २०७४ मंसिर २८ गतेदेखि बीमा व्यवसाय गर्दै आइरहेको कम्पनी हो ।  


Share this with your friends: