प्रभु लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

2020-12-17
प्रभु लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा आवेदन दिने आज(पुस ०२ गते) अन्तिम दिन रहेको छ । 

कम्पनीले गत मंसिर २९ गतेदेखि ६० लाख कित्ता सेयर निष्कासन गरेको थियो। ६० लाख कित्ताकध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर म्युचुअल फन्डहरुका लागि र बाँकी रहेको ९० प्रतिशतले हुन आउने ५४ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको हो । 

आम सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको ५४ लाख कित्ता सेयर कम्पनीको चुक्तापुँजीको ३० प्रतिशत बराबर हुन आउँछ। 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।  

 


Share this with your friends: