प्रभु लाइफ इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ? कतिको हात हुने भो खाली ?

2020-12-18
प्रभु लाइफ इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ? कतिको हात हुने भो खाली ?

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा १० लाख बढीको आवेदन परेको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले उपलब्ध गराएको आकँडा अनुसार आईपीओ निष्कासन भएदेखि अन्तिम दिनसम्म १० लाख ८२ हजार १४३ जनाले आईपीओ खरिदका लागि आवेदन दिएका हुन्। 

आवेदकहरुले २ करोड ९३ लाख ८७ हजार ४३० कित्ता सेयर खरिदका लागि आवेदन दिएका छन्। कम्पनीले गत मंसिर २९ गतेदेखि ६० लाख कित्ता सेयर निष्कासन गरेको थियो। ६० लाख कित्ताकध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर म्युचुअल फन्डहरुका लागि र बाँकी रहेको ९० प्रतिशतले हुन आउने ५४ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो। 

१० कित्ताका दरले सेयर बाडँफाडँ गर्दा ५ लाख ४० हजार आवेदकले सेयर पाउनेछन् भने बाँकी ५ लाख ४२ हजार १४३ आवेदकको हात भने खाली हुने भएको छ। 

 


Share this with your friends: