प्रभु लाइफ इन्स्योरेन्स पाँचौ वर्षमा प्रवेश

2021-12-14
प्रभु लाइफ इन्स्योरेन्स पाँचौ वर्षमा प्रवेश

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाँचौ वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो स्थापनाकालको चौँथो वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको हो । 

कम्पनीले वि.स २०७४ मंसिर २८ गतेदेखि प्रभु लाइफ इन्स्योरेन्सको नामबाट बीमा सेवा प्रदान गर्दै आईरहेको छ । यसअघि कम्पनी स्टार लाइफ इन्स्योरेन्स कम्पनीका नामबाट परिचित थियो । 

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी देशको प्रतिष्ठित र चिरपरिचित व्यवसाय समूह प्रभु गुप्र अफ कम्पनीज्सँग आवद्ध रहेको छ । कम्पनीले देशभर रहेको आफ्नो सञ्जालमार्फत विभिन्न बीमा प्रडक्ट र सेवाहरु प्रवाह गर्दै आईरहेको छ । 

कम्पनीले आफ्नो पाँचौ वार्षिकोत्सवका अवसरमा सम्पूर्ण सेवाग्राही, बीम अधिकर्ता, कर्मचारी र सरोकारवाला निकायहरुलाई कृतज्ञता ज्ञापन गरेको छ । यसका साथै कम्पनीले आगामी दिनहरुमा निरन्तर रुपमा सबैको हौसला,विश्वास र सहयोग प्राप्त गर्ने अपेक्षासहित अझ सरल,सुलभ र अत्याधुनिक सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।  


Share this with your friends: