काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन ९ गते बसेको सञ्चालक समितिको बैठकले चौथौ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी चैत ६ गते काठमाण्डौमा रहेको रेडिसन होटलमा बिहानको ११ बजे सभा आयोजना हुनेछ।
उक्त सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने विशेष प्रस्तावमा नियमनकारी निकायले फेरबलद गरेमा आवश्यक संसोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले आर्थिक वर्ष २०७६÷७७ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड प्रभावित सहयोग गर्न नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता वापतको ७ लाख ५० हजार रुपैयाँ अनुमोदन गरिनेछ ।
यसका साथै सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिनेछ।
त्यस्तै आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षणको प्रतिवेदन सहतिको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु पारित गरिनेछ।
यसैगरी आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गरिनुका साथै निजको पारिश्रमिक निर्धारण गरिनुका साथै समूह ख का सर्वसाधारण समूहतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।