प्रभु लाइफको सेयर नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबारमा आउने

2021-01-01
प्रभु लाइफको सेयर नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबारमा आउने

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर आज(पुस १७ गते) नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको
प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको २ करोड कित्ता साधारण सेयर सूचिकृत भएको हो। 

यससँगै आज नेप्से र प्रभु लाइफ बीच सेयर सूचिकरण सम्झौता सम्पन्न भएको छ। सेयर सूचीकरण भएको दोस्रो दिनबाट अर्थात आइतबारबाट यो कम्पनीको सेयर धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ। नेप्सेले कारोबारका लागि कम्पनीको ओपनिङ रेन्ज प्रतिकित्ता १०९.५६ रुपैयाँदेखि ३२८.६८ रुपैयाँ कायम गरेको छ। 

कम्पनीले मंसिर २९ गतेदेखि पुस २ गतेसम्म ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। ६० लाख कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर म्युचुअल फन्डहरुका लागि र बाँकी रहेको ९० प्रतिशतले हुन आउने ५४ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो।

 


Share this with your friends: