प्रभु इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-05-06
प्रभु इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले(वैशाख २६ गते) बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्। कम्पनीको गत माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांस गरी कुल १०.५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ।

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी जेठ ६ गते आयोजना हुन गईरहेको २५ औँ वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ।


Share this with your friends: