प्रभु लाइफको मुनाफा १४८.३४%ले वृद्धि, बीमाशुल्क आर्जनमा समेत उछाल

2021-05-06
प्रभु लाइफको मुनाफा १४८.३४%ले वृद्धि, बीमाशुल्क आर्जनमा समेत उछाल

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ८ करोड ८४ लाख ६० हजार ८१८ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ११५.६० प्रतिशतले बढी हो। गत वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको बीमाशुल्क आर्जन ५० करोड ४८ लाख ४४ हजार ८२७ रुपैयाँमा सीमित थियो। 

यस्तै कम्पनीले समिक्षा अवधिसम्ममा लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १८ करोड ५९ लाख ५२ हजार ७८९ रुपैयाँ आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिसम्ममा यो रकम ४ करोड ५७ लाख ८ हजार ६२५ रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा कम्पनीले ५ करोड ३४ लाख १९ हजार ०२३ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीले ४२ लाख २३ हजार १८० रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको थियो। समीक्षा अवधिमा कम्पनीको खुद मुनाफा वृद्धि भएको छ । कम्पनीको खुद मुनाफा १४८.३४ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ करोड ५५ लाख ४ हजार २२७ रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १३ करोड ७८ लाख ३८ हजार १९१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च ७२.५९ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको व्यवस्थापन खर्च २८ करोड ८५ लाख ३० हजार ८१० रुपैयाँ रहेको छ। 

यसैगरी समीक्षा अवधिमा कम्पनीको जीवन कोषको आकार बढेर १ अर्ब ७६ करोड ५८ लाख २ हजार ३६२ रुपैयाँ पुुगेको छ। अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा कम्पनीको जीवन बीमा कोषको आकार ६२ करोड ६१ लाख ७२ हजार ७२२ रुपैयाँमा सीमित थियो। अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १५ करोड ८८ लाख ४७ हजार १६९ रुपैयाँ रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर ३६ करोड ६० लाख ६४ हजार १८७ रुपैयाँको उचाईमा पुुगेको छ। 
तेस्रो त्रैमाससम्ममा कम्पनीले २ लाख ५ हजार १९१ बीमालेख जारी गरेको छ । यो अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ९.१९ रुपैयाँ, पीई अनुपात ८७.०५, प्रति सेयर नेटवर्थ ११८.३० र प्रति सेयर कुल सम्पत्तिको मूल्य २०७.८८ रुपैयाँ रहेको छ । 


Share this with your friends: