प्रभु इन्स्योरेन्सले मंसिर २१ बाट संस्थापक सेयर लिलामीमा राख्ने

2020-12-04
प्रभु इन्स्योरेन्सले मंसिर २१ बाट संस्थापक सेयर लिलामीमा राख्ने

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर लिलामी मार्फत बिक्री गर्नै भएको छ। कम्पनीले यहि मंसिर २१ गतेबाट ७ लाख ३५ हजार कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो। 

संस्थापक सेयर खरिद गर्न इच्छुक योग्य व्यक्ति, कम्पनी, संघसंस्था, बैंक तथा वित्तीय संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्। 

लिलामीमा राखिएको संस्थापक सेयरको न्युनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ कायम गरिएको छ। इच्छुक लगानीकर्ताले न्युनतम २५ हजार कित्ता र १० अंकको गुणांकमा अधिकतम ७ लाख ३५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

कम्पनीको धितोपत्र प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको काठमाण्डौ हात्तीसारमार्गमा रहेको कार्यालयमा मंसिर २८ गते बैंकिङ समयसम्म बोलपत्र पेश गर्नु पर्नैछ।  

 


Share this with your friends: