प्रभु लाइफको आईपीओ निष्कासन मंसिर २९ देखि

2020-12-06
प्रभु लाइफको आईपीओ निष्कासन मंसिर २९ देखि

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आगामी मंसिर २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नै भएको छ। कम्पनीले ६० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो। ६० लाख कित्ताकध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र अर्काे ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर म्युचुअल फन्डहरुका लागि र बाँकी रहेको ९० प्रतिशतले हुन आउने ५४ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरिने भएको छ। 

आम सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको ५४ लाख कित्ता सेयर कम्पनीको चुक्तापुँजीको ३० प्रतिशत बराबर हुन आउँछ। 

आइपीओमा छिटोमा पुस २ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । सो अवधिभित्र सबै आइपीओ बिक्री भएन भने ढिलोमा पुस १३ गतेसम्म आवेदन दिनसक्ने गरी मिति तोकिएको छ । 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । 

 


Share this with your friends: