प्राइम कमर्सियल बैंकको नाममा रहेको नेरुडे लघुवित्तको संस्थापक सेयर लिलामीमा राखिने

2020-12-25
प्राइम कमर्सियल बैंकको नाममा रहेको नेरुडे लघुवित्तको संस्थापक सेयर लिलामीमा राखिने

काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरधनी प्राइम कमर्सियल बैंकको नाममा रहेको संस्थापक सेयर लिलामीमा राखिने भएको छ। प्राइम कमर्सियल बैंकको नाममा रहेको संस्थाको ५२ हजार ७५० कित्ता संस्थापक सेयर आउँदो पुस १६ गतेदेखि बोलपत्रद्वारा बिक्री गरिने भएको हो। 

संस्थाको संस्थापक सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले न्युनतम मूल्य प्रति सेयर रु.३०० वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ। एकै व्यक्ति वा कम्पनीले विभिन्न मूल्यमा सेयर खरिदका लागि भिन्दाभिन्दै शिलबन्दी खामभित्र आवेदन दिनुपर्नेछ। 

बोलपत्र पेश गर्दा न्युनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। 

इच्छुक लगानीकर्ताले आउँदो पुस २३ गते अपरान्ह ३ बजेभित्र निष्कासनका लागि तोकिएको संकलन केन्द्रमा बोलपत्र आवेदन दर्ता गर्नुपर्नेछ। 

संस्थापक सेयरको बिक्री प्रबन्धकको रुपमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।      

 


Share this with your friends: