प्राइम लाइफको बीमाशुल्क आर्जन २ अर्ब बढी, मुनाफा कति ?

2021-02-01
प्राइम लाइफको बीमाशुल्क आर्जन २ अर्ब बढी, मुनाफा कति ?

काठमाणडौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७÷७८ को दोस्रो त्रैमाससम्ममा २ अर्ब ८० लाख ५६ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७.०१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ५८ करोड १० लाख ५५ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ५५ करोड २५ लाख ६५ हजार रुपैयाँ आर्जन गरेको छ। जुन रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६.७७ प्रतिशत बढी हो। अघिल्लो वर्ष यो रकम ४३ करोड ५८ लाख रुपैयाँ थियो। 

त्यस्तै समीक्षा अवधिमा कम्पनीले ४९ करोड ६१ लाख १२ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ३० करोड ३७ लाख २१ हजार रुपैयाँ थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले ६३.३५ प्रतिशतले धेरै दाबी भुक्तानी गरेको छ। 
 
आर्थिक वर्षमा कम्पनीले खुद नाफा बढाएको छ। चौथो त्रैमासको अन्त्यसम्म कम्पनी १९ करोड ३६ लाख ५७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा २४।०९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १५ करोड ६० लाख ५४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो। 
समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ। कम्पनीको व्यवस्थापन खर्च २९ करोड ६४ लाख १९ हजार रुपैयाँ छ। अघिल्लो वर्ष कम्पनीको व्यवस्थापन खर्च २७ करोड ८१ लाख ६७ हजार रुपैयाँ थियो। 
त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बिमा कोषको आकार बढेर १३ अर्ब ९ करोड ६० लाख  ४३ हजार रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा २९.२१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको जीवन बिमा कोषको आकार १० अर्ब १३ करोड ५४ लाख ३८ हजार रुपैयाँमा सीमित थियो। 
अघिल्लो वर्ष १ अर्ब ४ करोड ४७ लाख ८१ हजार रुपैयाँको उचाईमा रहेको कम्पनीको जगेडा तथा कोषको आकार घटेर ६१ करोड ७२ लाख ७१ हजार रुपैयाँको उचाइमा पुगेको छ। 

त्यस्तै कम्पनीले १७ लाख २५ हजार ४९९ बिमालेख संख्या जारी गरेको छ। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १६ लाख ९४ हजार ५४९ बिमालेख जारी गरेको थियो। 

कम्पनीको प्रति सेयर आम्दानी९इपिएस० १६.०२ रुपैयाँ, प्रति सेयर नेटवर्थ १३१.६१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५०.६१ र प्रति कुल सम्पत्तिको मूल्य ७२१.९९ रुपैयाँ रहेको छ। 


Share this with your friends: