प्राइम लाइफका स्वतन्त्र सञ्चालक राजेन्द्र काफ्लेको कोरोना संक्रमणका कारण निधन

2021-05-12
प्राइम लाइफका स्वतन्त्र सञ्चालक राजेन्द्र काफ्लेको कोरोना संक्रमणका कारण निधन

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक राजेन्द्र काफ्लेको कोरोना संक्रमणका कारण निधन भएको छ । 
कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था गम्भिर भएपछि शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएका उनको अस्पतालमै हिजो मंगलबार साझ मृत्यु भएको हो । 

काफ्ले कर्मचारी सञ्चय कोषमा सह प्रशासकको रुपमा कार्यरत रहि सेवानिवृत भएका थिए । सञ्चय कोषमा उनको प्रवेश वि.स २०४४ सालमा शाखा अधिकृतको रुपमा भएको थियो ।  

उनी प्राइम लाइफको स्वतन्त्र सञ्चालकमा गत असोज महिनामा नियुक्त भएका थिए । कम्पनीको गत असोज २० गते बसेको सञ्चालक समितिबाट उनी स्वतन्त्र सञ्चालकमा नियुक्त भएका थिए ।   


Share this with your friends: