प्राइम लाइफद्वारा १४ औँ वार्षिकोत्सवको अवसरमा ‘प्राइम शुभलाभ बीमा’ योजना सार्वजनिक

2021-06-06
प्राइम लाइफद्वारा १४ औँ वार्षिकोत्सवको अवसरमा ‘प्राइम शुभलाभ बीमा’ योजना सार्वजनिक

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘प्राइम शुभलाभ बीमा योजना’ नामक नयाँ बीमा योजना ल्याएको छ ।

कम्पनीले आफ्नो १४ औँ वार्षिकोत्सवको अवसरमा जेष्ठ २२ गतेदेखी लागू हुनेगरी यो नयाँ बीमा योजना सार्वजनिक गरेको हो । यो योजनाले ग्राहकहरुको नविनतम आवश्यकता लाई पूरा गर्ने कम्पनीले विश्वास लिएको छ ।

बीमितहरुको समय सापेक्ष परिवर्तित उच्च स्तरको सेवा प्राप्त गर्ने चाहना तथा आवश्यकतालाई प्रार्थमिकता दिंदै आइरहेको यस कम्पनीले प्रत्येक वर्षजसो नविनतम तथा बीमा क्षेत्रमा नै पृथक खालको आकर्षक बीमा योजनाहरु ल्याउन सफल भएको छ । हाल कम्पनीले १७ प्रकारका बीमा योजना बजारमा उपलव्ध गराएकोमा ग्राहकहरुले आवश्यकताका आधारमा जुनसुकै बीमा योजना अन्तर्गत बीमा गर्न सक्नेछन ।

प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ग्राहकहरुको बीमाशुल्क लगायतको भुक्तानी प्रक्रिया सरलताका लागि समय समयमा अनलाइन सेवाको विस्तार गर्दै आइरहेको छ । हाल कम्पनीका ग्राहकहरुले कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस, इसेवा, फोनपे, खल्ति, जस्ता अनलाइन सेवा मार्फत समेत इन्टरनेटको माध्यमबाट घरमै बसि बीमाशुल्क लगायतको भुक्तानी गर्न सक्ने छन भने अन्य सम्वद्ध पक्षहरुले समेत भूक्तानी प्राप्त गर्न कार्यालयमै उपस्थित हुन नपर्ने भएको छ । शुरु देखि नै छिटो, छरितो सहज तथा विश्वसनिय सेवा प्रदान गर्दै आइरहेको प्राइम लाइफले ग्राहकहरुको थप सुविधा स्वरुप घरमै बसि सुरक्षित रुपमा भुक्तानीका विविध सेवा सुविधा प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ ।


Share this with your friends: