प्राइम लाइफ इन्स्योरेन्सको साधारणसभा असार २९ गते, बुक क्लोज कहिले ?

2020-08-09
प्राइम लाइफ इन्स्योरेन्सको साधारणसभा असार २९ गते, बुक क्लोज कहिले ?

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १२ औँ वार्षिक सभाको मिति र स्थान तय गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले यही असार २९ गते सोमबार काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा सभा डाकिएको हो।सभाले आर्थिक वर्ष २०७४/७५ का लागि प्रस्तावित लाभांश पारित गर्नेछ। 

प्रस्तावित लाभांशमा हाल कायम चुक्तापुँजी २ अर्ब ७९ लाख ३९ हजार ३७५ रुपैयाँको १२.५ प्रतिशतले हुन आउने २५ करोड ९ लाख ९२ हजार ४२२ रुपैयाँबराबरको बोनस सेयर रहेको छ। 

बोनस सेयर कर प्रयोजनका लागि कम्पनीले नगद लाभांशका रुपमा १ करोड ३२ लाख १० हजार १२८ रुपैयाँ वितरण गर्ने प्रस्ताव पनि गरेको छ। 

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असार १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसको अर्थ असार १८ गतेसम्म कायम शेयरधनीहरुले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन्। 


Share this with your friends: