प्राइम लाइफ इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-11-25
प्राइम लाइफ इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १५.८७ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(मंसिर ९ गते)अन्तिम दिन रहेको हो। 

वार्षिक साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि सस्थाले भोलि(मंसिर १० गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनी मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्। 

कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि १५ प्रतिशत बोनस सेयर र ०.८७ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) वितरणको प्रस्ताव गरेको छ । 

संस्थाको १४ औँ वार्षिक साधारण सभा आगामी मंसिर १९ गते आयोजना हुन गईरहेको छ। 


Share this with your friends: