प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

2022-04-19
प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । 

बैंकको गत चैत २५ गते बसेको सञ्चालक समितिको वैठकको निर्णयअनुसार संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर आज(वैशाख ५ गते)देखि बिक्रीमा राखिएको हो ।  बैंकले उक्त सेयरको मूल्य भने निर्धारण गरेको छैन ।   

यो सेयरमा बैंकको विद्यमान संस्थापकहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । 
सेयर खरिद गर्न इच्छुक संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्नुपर्नेछ । 

निर्धारित समयमा सेयर खरिदका आवेदन प्राप्त नभएमा उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ । 


Share this with your friends: