प्राइम लाइफको स्वतन्त्र सञ्चालकमा राजेन्द्र काफ्ले नियुक्त

2020-10-07
प्राइम लाइफको स्वतन्त्र सञ्चालकमा राजेन्द्र काफ्ले नियुक्त

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा राजेन्द्र काफ्ले नियुक्त भएका छन्। 

कम्पनीको हिजो(असोज २० गते) सम्पन्न सञ्चालक समितिको बैठकले राजेन्द्र काफ्लेलाई कम्पनीको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। सञ्चालक समितिको सोहि निर्णय बमोजिम काफ्लेलाई स्वतन्त्र सञ्चालकको पदमा नियुक्त गरिएको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।  

 


Share this with your friends: