प्राइम लाइफ इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

2020-11-29
प्राइम लाइफ इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई चुक्ता पुँजिको कुल १५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। 

मंसिर १२ गते शुक्रबार बसेका कम्पनीको सञ्चालक समितिको बैठकले २०७५/७६ का लागि हाल कायम चुक्ता पुँजि रु. २ अर्ब २५ करोड ८९ लाख ३१ हजार ७९७ को ७ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांस(नगद लाभांस र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि समेत) वितरणको प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांसमध्ये ७ प्रतिशतका दरले हुन आउने १५ करोड ८१ लाख २५ हजार २२६ रुपैयाँ बराबरको बोनस सेयर र ८ प्रतिशतले हुन आउने १८ करोड ७ लाख १४ हजार ५४४ रुपैयाँ बराबरको नगद लाभांस(नगद लाभांस र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि समेत) रहेका छन्। 

कम्पनीद्वारा प्रस्तावित लाभांस बीमा समितिको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात कम्पनीका सेयरधनीहरुलाई वितरण गरिनेछ। 

 


Share this with your friends: