प्राइम लाइफ इन्स्योरेन्सको बीमाशुल्क अनलाइन बाटै तिर्न सकिने

2020-12-16
प्राइम लाइफ इन्स्योरेन्सको बीमाशुल्क अनलाइन बाटै तिर्न सकिने

प्राइम लाइफ इन्स्योरेन्स  कम्पनी लिमिटेडले आफ्नो ग्राहकहरुको बीमाशुल्क लगायतको भुक्तानी प्रक्रिया सरलताका लागि अनलाइन सेवाको विस्तार गरेको छ । कम्पनीले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) संग कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस लगायतको सेवाको लागि सम्झौता गरेको हो ।

सम्झौतामा प्राइम लाइफका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइ तथा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए। यो सेवा संगै अब बीमितहरुले घरमै बसि बीमाशुल्क लगायतको भूक्तानी गर्न सक्ने र अन्य सम्वद्ध पक्षहरुले समेत भूक्तानी प्राप्त गर्न कार्यालयमा आउनु नपर्ने कम्पनीले जनाएको छ । जसका कारण ग्राहकहरुले घरमै बसि सुरक्षित रुपमा भुक्तानीका विविध सेवा सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

मैत्री सेवामा जोड दिंदै आइरहेको कम्पनीले यो सेवा संगै ग्राहकहरुमा थप सन्तुष्टि बढ्ने विश्वास लिएको छ । कम्पनीका ग्राहकहरुले इसेवा, फोनपे, खल्ति जस्ता एप्सबाट समेत घरमै बसि अनलाइन सेवा मार्फत बीमाशुल्क लगायतको भुक्तानी गरिरहेकोमा कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस मार्फत समेत बीमाशुल्क भुक्तानी गर्न सक्ने भएका छन्। कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइले हालको विषम परिष्थितिमा ग्राहकहरुमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिन सकिने जानकारी गराउंदै आगामी दिनमा समेत कम्पनीले ग्राहकहरुमा थप सेवा सुविधा प्रदान गर्दै जानेमा जोड दिने बताए । 

कम्पनीले देशभरमा विभिन्न १५० भन्दा बढी स्थानहरुबाट छिटो तथा सहज जीवन बीमा सेवा उपलब्ध गराउंदै आएको छ । 

 


Share this with your friends: