फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको सेयर लिलामीमा राखिने

2021-06-10
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको सेयर लिलामीमा राखिने

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरधनी आरएमडीसी लघुवित्तको नाममा रहेको ३ लाख ९४ हजार कित्ता बढी सेयर लिलामीमा राखिने भएको छ। संस्थाको ३ लाख ९४ हजार ६३४.४ कित्ता सेयर ६आगामी असार ३ गतेदेखि लिलामीमा राख्न लागिएको हो। 

यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति, कम्पनी, संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता ८५० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम १००० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सेयर संख्याका लागि कुनै हद तोकिएको छैन। 

लगानीकर्ताले सन राइज क्यापिटल कमलपोखरी काठमाण्डौमा आईपुग्ने गरी असार १७ गते कार्यालय समयभित्र बोलपत्र आवेदन पेश गर्नुपर्नेछ। 


Share this with your friends: