फरवार्ड माइक्रोफाइनान्सको सेयर लिलामीमा

2021-06-17
फरवार्ड माइक्रोफाइनान्सको सेयर लिलामीमा

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरधनी आरएमडीसी लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा रहेको संस्थापक सेयर लिलामीमा राखिएको छ । फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ९४ हजार ६३४.४६ कित्ता सेयर आज(असार ३ गतेदेखि)ं लिलामीमा राखिएको हो । 

सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी संघसंस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयरको न्यूनतम प्रतिकित्ता मूल्य ८५० रुपैयाँ तोकिएकाले लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ। 

लगानीकर्ताले असार १७ गतेसम्म बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरीमा आईपुग्ने गरी बोलपत्र पेश गर्नु पर्नेछ। 


Share this with your friends: