फर्स्ट माइक्रोफाइनान्सको वार्षिक साधारण सभा सम्पन्न

2021-12-02
फर्स्ट माइक्रोफाइनान्सको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज(मंसिर १६गते)संस्थाको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । 

उक्त सभामा सञ्चालक समितिका तर्फबाट प्रस्तावित कुल १०.५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ । 

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ । यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सेमत पारित गरिएको छ । 


Share this with your friends: