बम्पर लाभांस पश्चात शिखर इन्स्योरेन्सले पुनः ३०% हकप्रद जारी गर्ने

2021-02-28
बम्पर लाभांस पश्चात शिखर इन्स्योरेन्सले पुनः ३०% हकप्रद जारी गर्ने

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले पुनः हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि २७.७६९ प्रतिशत बोनस सेयर वितरण गरेपश्चात कायम हुने १ अर्ब ७५ करोड ६१ लाख ९२ हजार रुपैयाँ चुक्तापूँजीको ३० प्रतिशतले हुन आउने ५२ करोड ६८ लाख रुपैयाँ बराबरका ५२ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। 

हकप्रद सेयर जारी गर्ने यो निर्णय कम्पनीको आगामी चैत ९ गते आयोजना हुने वार्षिक साधारण सभाबाट पारित हुनेछ। हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ। 

यसअघि पनि कम्पनीले ३० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो। 

साधारण सभामा कम्पनीको अधिकृत पूँजी ४ अर्ब रुपैयाँ पुर्याउने र चुक्ता पूँजीमा संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याई संस्थापक तथा सर्वसाधारण सेयरको अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव पारित गरिनेछ। 

 


Share this with your friends: