बीमाको दायरामा आएको जनसंख्या ३५%,एक वर्षमा ९.६५%ले वृद्धि

2022-02-15
बीमाको दायरामा आएको जनसंख्या ३५%,एक वर्षमा ९.६५%ले वृद्धि

काठमाण्डौ । नेपालको बीमाको दायरामा आएको जनसंख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ । बीमा समितिको तथ्यांकअनुसार नेपालको कुल ३५ प्रतिशत जनसंख्यामा  बीमाको दायरा विस्तार भएको देखिएको हो । 

समितिका अनुसार पुस मसान्तसम्ममा म्यादी र बैदेशिक रोजगार बीमालेख सहित बीमाको पहुँच ३५ प्रतिशत पुगेको हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बीमाको पहुँचमा रहेको जनस्रख्या २४.८६ प्रतिशत रहेको थियो । यसरी हेर्दा गत वर्षको तुलनामा एक वर्षको अवधिमा बीमाको पुहँच ९.६५ प्रतिशतले वृद्धि भएको देखिन्छ । 

समितिका अनुसार बीमाको पहुँच पुगेको जनसंख्या १ करोड ५ लाख ३४ हजार ५२९ रहेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बीमा कम्पनीहरुले कुल १ करोड १० लाख ४१ हजार ०८८ जीवन बीमालेख जारी गरेका छन् । त्यस्तै कुल निर्जीवन बीमालेखको संख्या १४ लाख ८५ हजार ८५१ रहेको छ । 

समिक्षा अवधिसम्ममा वैदेशिक रोजगार बीमालेखको संख्या ९ लाख ९ हजार ९०९ र म्यादी जीवन बीमालेखको संख्या ४५ लाख ८८ हजार २८६ रहेको छ । 


Share this with your friends: