बीमालाई उत्पादन र उत्पादकत्व सँग आवद्ध गरिने, लघु बीमाको पहुँचलाई दुर्गम र विपन्न वर्गसम्म पुर्याइने

2022-05-24
बीमालाई उत्पादन र उत्पादकत्व सँग आवद्ध गरिने, लघु बीमाको पहुँचलाई दुर्गम र विपन्न वर्गसम्म पुर्याइने

काठमाण्डौ । सरकारले बीमालाई उत्पादन र उत्पादकत्वसँग आवद्ध गर्ने व्यवस्था गर्ने भएको छ । आज संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बीमालाई उत्पादन र उत्पादकत्वसँग आवद्ध गर्ने व्यवस्था मिलाइने बताएकि हुन् । 

यस्तै राष्ट्रपति भण्डारीले कृषि तथा पशु धन विकास कार्यक्रम विस्तार गर्दै लघुबीमाको पहुँचलाई दुर्गम र विपन्न वर्गसम्म पुर्याइने  नीति लिइने बताएकी छिन्। यसका साथै बेमौसमी वर्षाले पुर्याएको क्षतीका लागि राहात प्रदान गरिनेछ राष्ट्रपति भण्डारी बताएकी छन् । 


Share this with your friends: