बीमा समितिद्वारा किवी र ड्रागन फल खेती बीमालेख जारी,यस्ता छन् व्यवस्था

2022-03-11
बीमा समितिद्वारा किवी र ड्रागन फल खेती बीमालेख जारी,यस्ता छन् व्यवस्था

काठमाण्डौ । बीमा समितिले किवी खेती र ड्रागन फल खेती बीमालेख जारी गरेको छ। समितिले जारी गरेका यी दुवै बीमालेख लागत र उत्पादनमा आधारित छन् । 
समितिले जारी गरेको किवी खेती र ड्रागन खेती बीमालेखमा अग्निजन्य क्षति,हावाजन्य क्षति,पानीजन्य क्षति,मौसमजन्य क्षति,भुमिजन्य क्षति,चट्याङजन्य क्षति,आकिस्मक वा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति र रोज वा किराजन्य क्षतिबाट बीमा गरिएको किवी खेती  ड्रागन फल खेतीमा बीमा अवधिभित्र उल्लेखित क्षति भएमा बीमकले क्षतिपूर्ती प्रदान गर्नेछ। 

किवी बीमालेख र ड्रागन बीमालेखमा उल्लेख गरिएको बीमा अविधिभित्र बीमितको आत्महत्या बाहेक अन्य कुनै पनि कारणले मृत्यु भएमा,स्पाइनल इन्जुरीका कारण पुनःठीक नहुने गरी रिडको हड्डी काम नलाग्ने भएमा,एउटा हातको नाडीदेखि माथि पूरै हात काम नलाग्ने भएमा,कुनै एउटा खुट्टाको गोलीगाँठो देखि माथि पुरै खुट्टा काम नलाग्ने भएमा र दुवै आखाँको दृष्टि गुमेमा दुघर्टना बीमाबापत बीमितले बीमांक रकम रु.२ लाख पाउने व्यवस्था गरिएको छ। 

अप्रत्यक्ष क्षति,अधिकारप्राप्त निकायबाट पुर्याइएको क्षति,विकिरणयुक्त पर्दाथ,आणविक,रासायनिक तथा जैविक हतियारको प्रयोगबाट भएको क्षति,युद्ध वा युद्ध सरहको अवस्थाबाट भएको क्षति र अन्य क्षतिका लागि भने क्षतिपूर्तीको व्यवस्था गरिएको छैन। यी दुवै बीमालेखबाट जारी गरिएका किवी खेती र ड्रागन खेतीको पुरा वा केहि अंश अर्को कुनै पनि बीमालेखद्वारा बीमा गर्न नपाइने व्यवस्था गरिएको छ। 

यस्तै बीमितले आफुले गरेको किवी खेती र ड्रागन खेतीको स्वामित्व परिवर्तन वा हस्तान्तरण गरेको खण्डमा बीमकलाई ३० दिनभित्र जानकारी गराउनु पर्नेछ। यसैगरी यी दुवै बीमालेख जारी गर्दा घण्टा र मिनेट समेत खुल्ने गरी मिति उल्लेख गर्नुपर्नेछ।

 


Share this with your friends: