बैवाहिक वर्षगाँठमा श्रीमतीले दिइन् ५० लाखको बीमा पोलिसी उपहार

2022-02-28
बैवाहिक वर्षगाँठमा श्रीमतीले दिइन् ५० लाखको बीमा पोलिसी उपहार

काठमाण्डौ । बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसै क्रममा तानसेन ९ पाल्पाकी अविता नेपालीले बैवाहिक बर्षगाठको अवसरमा श्रीमान बिनोद कुमार नेपालीलाई उपहार स्वरुप बीमा पोलिसी दिएकी छन् । अविताले उपहार स्वरुप सिटिजन लाइफ इन्स्योरेन्स पाल्पा शाखाबाट ५० लाख बीमाङ्क रकमको सिटिजन जिवन शुभारम्भ पोलिसी दिएकी हुन् ।

दुई गुणा सुरक्षा योजना सहितको सिटिजन जिवन शुभारम्भ पोलिसीले बचत सँगै भबिष्यमा हुने आर्थिक, भौतिक क्षतिबाट हुन सक्ने जोखिम न्यूनिकरण गर्ने हुदाँ बीमा पोलिसी उपहार स्वरुप दिएको अबिता नेपालीले बताइन् ।


Share this with your friends: